आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२८ देखि २०७५/०३/३०)

जारी मिति : असार २८ २०७५, बिहान ०६ :००  बजे

असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ  र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

असार २९ गते (शुक्रबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम खालको बर्षा हुने देखिन्छ।  शुक्रबार दिउँसो र राती  देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

असार ३० गते (शनिबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरु र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ  र राती पनि देशभरिनै बदलि रहि  केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको बर्षा हुने देखिन्छ। देशको एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.npनोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=en) बाट प्राप्त गर्न सकिनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०३ देखि २०७५/०९/०५)

बंगालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

गालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०१ देखि २०७५/०९/०३)

देशका पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पूर्वी क्षेत्रको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना छ भने पूर्वी क्षेत्रकै उच्च पहाडी क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।