नेपालमा मनसुन प्रवेश (Monsoon Onset) 2018

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मिती: २०७५//२५

नेपालमा मनसुन प्रवेश (Monsoon Onset)

आजजेठ २५ गते (०८ जुन) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन २ दिन अघि शुरू भएको छ।

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ। यसरि SASCOF-12 मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू-भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ। स्मरणिय छ, सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ। जुन तलको चित्रमा देखाईएको छ।      

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather बाट प्राप्त गर्न सकिनेछ।

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।