आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/११ देखि २०७८/०६/१३) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/०६/११ बिहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। 

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा  बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र (deep depression) बन्न शुरु भई  आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको गुलाब नामक शक्तिशाली चक्रवात‍को हिजो राती आश्विन १० गते (२६ तारिक) मा उडिसाको जमिनमा अवतरण (landfall) भईसकेको छ। यसको अप्रत्यक्ष परिधीय (periferal) असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौं।  

हाल मौसमको अवस्था (Present Weather Status)

हाल  गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ११ गते (सोमबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०९ देखि २०७८/०७/११) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०९ देखि २०७८/०७/११) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०८ देखि २०७८/०७/१०) जारी समय : साँझ ६:००

देशभर आंशिक देखि सामान्य बदली रहने छ। । प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०७/०८ देखि २०७८/०७/१०) जारी समय : विहान ६:००

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।