(Special Weather Bulletin-6: YAAS Cyclonic Storm)

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन-६: यास चक्रवात

(Special Weather Bulletin-६: YAAS Cyclonic Storm)

(जारी मितिः २०७८/०२/१३ बिहान १२:०० बजे)

चक्रवात (Cyclonic Storm) यास् (YAAS) पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई हाल Deep Depression(गहिरो न्यून चापीय क्षेत्रको) रुपमा  परिणत भएको छ। उक्त Deep Depression(गहिरो न्यून चापीय क्षेत्रको) असर आउँदा केही दिनमा  नेपालको भूभागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन  अनुरोध छ।

तस्वीर १ स्रोत : Himawari

उक्त Deep Depression(गहिरो न्यून चापीय क्षेत्रको) अझ कमजोर भई उत्तर दिशा तर्फ जाने अनुमान रहेको छ।

(तस्वीर  स्रोत: Regional Specialized Meteorological Center of WMO-Tropical Cyclone, New Delhi )

सो प्रणालीका कारण

बिहिबार (१३ गते) : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १प्रदेश २बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

शुक्रबार ‌(१४ गते): देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १प्रदेश २बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

शनिबार ‌(१५ गते): देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले केहि दिन पर्वतारोहण नगर्नु र नगराउनुहुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।