आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७८/०१/०४ साँझ ६:०० बजे) 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको देखिन्छ।

हाल मौसमको अवस्था
 (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ बैशाख ४ गते (शनिबार) 

राती:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ५ गते (आइतबार) 

दिउँसो  देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ६ गते (सोमबार) 

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  (Warning/Advisory for next 24 hours)

देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२५ देखि २०७८/०१/२७) जारी मिति २०७८/०१/२५ गते समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामानयतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२४ देखि २०७८/०१/२६) जारी मिति २०७८/०१/२४ गते समय : साँझ ६:०० बजे

देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Special Weather Bulletin (जारी मितिः २०७८/०१/ २४ दिउसो १२:३० बजे)

आगामी केही(३-४) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने देखिएको छ।

Recent News and Releases