आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१२/२४ देखि २०७७/१२/२६) जारी समय : सांझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७७-१२-२४  सांझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था
 (Present Weather Status):

देशको पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका धेरै भू-भागहरुमा तुवांलो लागेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २४ गते (मंगलबार)

राती:   सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।देशका पहाडी/उच्च पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २५ गते (बुधबार)

दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै  स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

राती:  प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहिबार)

दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  (Warning/Advisory for next 24 hours)

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना  रहेको साथै देशको तराई र पहाडि भु-भागका अधिकांश स्थानहरुमा तुवांलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२५ देखि २०७८/०१/२७) जारी मिति २०७८/०१/२५ गते समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामानयतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२४ देखि २०७८/०१/२६) जारी मिति २०७८/०१/२४ गते समय : साँझ ६:०० बजे

देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Special Weather Bulletin (जारी मितिः २०७८/०१/ २४ दिउसो १२:३० बजे)

आगामी केही(३-४) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने देखिएको छ।

Recent News and Releases