आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१२/२४ देखि २०७७/१२/२६) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७७-१२-२४ बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था
 (Present Weather Status):

देशको पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २४ गते (मंगलबार)

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २५ गते (बुधबार)

दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै  स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहिबार)

दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  (Warning/Advisory for next 24 hours)

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०२ देखि २०७८/०३/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०२ देखि २०७८/०३/०४) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विशेष मनसुन बुलेटिन-२ (Special Monsoon Bulletin 2), जारी मितिः २०७८/०३/०१ बेलुका ९:०० बजे

हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर हल्का देखि मध्यम वर्षा भईरहेको तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि स्थानहरुमा भारी देखि धेरै भारी वर्षा समेत भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०१ देखि २०७८/०३/०३) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानहरुमा भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।