नेपाल सरकार
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०८-०७ बिहान ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ७ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
मंसिर ८ गते (सोमबार)
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर ९ गते (मंगलबार)
दिउँसो : प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
Recent News and Releases
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे
हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।