सलहको गतिविधिका लागि विशेष मौसम बुलेटिन

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०३-१४, बिहान 8:३० बजे)

(सन्दर्भः नेपालमा सलहको आगमन)

यही मिति २०७७।३।१३ शनिबारका दिन देखि नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकोले यो बुलेटिन जारी गरिएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालमा बिगत २-३ दिन देखि मनसुनको अरेबियन शाखावाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ  

आगामी तीन दिनको हावा/वर्षाको पूर्वानुमान (Wind/Rain Forecast for next three days)

सारांशः आज (आइतबार) दक्षिण-पश्चिमी वायुको प्रभाव रहने र  भोलि (सोमबार) बाट भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ 

असार १४ गते (आइतबार)

हावाको दिशा (औसत): दक्षिण- दक्षिण पश्चिमी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (३०-४०) कि. मी. प्रति घण्टा

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १५ गते (सोमबार)

हावाको दिशा (औसत): दक्षिण पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (३५-४५) कि. मी. प्रति घण्टा

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १६ गते (मंगलबार)

हावाको दिशा (औसत): पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (३५-४५) कि. मी. प्रति घण्टा

वर्षाः केही स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind 

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ४४८६८६९४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : साँझ ६:०० बजे

देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०९ देखि २०७८/०६/११) जारी समय : साँझ ६:०० बजे

राती: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०९ देखि २०७८/०६/११) जारी समय : बिहान ६:०० बजे

देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।