आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१३ देखि २०७७/०२/१५) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-१३, साँझ ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको पूर्वी  तथा  मध्य पहाडी  भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा बर्षा भैरहेको र पश्चिमी पहाडी  भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ

जेठ १३ गते (मंगलबार)

रातीः  देशको पूर्वी  भू-भाग तथा  मध्य पहाडी  भू-भागमा सामान्य बदली रहनेछ।पश्चिमी पहाडी  भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी   मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी तथा  मध्य भू-भागहरुमा  सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक दुइ  स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी  भू-भागहरुमा  आंशिक  बदली रहनेछ।पूर्वी  तथा मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका  एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा  पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।