आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१३ देखि २०७७/०२/१५) जारी समय : बिहान ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-१३, बिहान ०६०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालको पुर्वी भू-भाग आसपासमा निम्न चापीय प्रणाली रहेको छ साथै स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको  पहाडी भू-भागका केहि स्थानमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जेठ १३ गते (मंगलबार)

दिउँसोः देशको  पूर्वी  तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात  सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा  पूर्वी भू-भागका थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ।पश्चिमी पहाडी  भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी  र मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी भू-भागका केही स्थानहरुमा साथै  पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी  भू-भागहरुमा  आंशिक  बदली रहनेछ।पूर्वी  तथा मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका  एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी  भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा  पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी  भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।