आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-१२, साँझ ०६०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै देशमा अन्य भू-भागहरुमा स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको  पहाडी भू-भागका केहि स्थानमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १२ गते (सोमबार)

रातीः  देशको  पूर्वी  भू-भाग लगायत पश्चिमी तथा  मध्य पहाडी  भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी   भू-भागका   थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १३ गते (मंगलबार)

दिउँसोः देशको  पूर्वी  तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा  पूर्वी भू-भागका केही स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी  भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी   भू-भागका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी भू-भागका केही स्थानहरुमा साथै  पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी  भू-भागहरुमा  आंशिक  बदली रहनेछ।पूर्वी  तथा मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका  एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका  थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।