आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/११ देखि २०७६/१२/१३) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१२-११ साँझ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै  स्थानिय वायूको समेत प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहेको

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ११ गते (मंगलबार)

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली तथा उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बुधबार)

दिउँसोः देशको मध्य र पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको  संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

देशको पूर्वी भू-भाग लगायत पश्चिमी तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : बिहान ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : साँझ ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : बिहान ०६:०० बजे

देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।