आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/०१ देखि २०७६/११/०३) जारी समय : साझँ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-११-०१ साझँ ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन |

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान   

फागुन ०१ गते (बिहिबार)

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

फागुन ०२ गते (शुक्रबार)

दिउँसोः देशकाे पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशकाे पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

फागुन ०३ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/११ देखि २०७६/११/१३) जारी समय : साँझ ६:०० बजे

रातीः देशको पूर्वी भू-भाग र पश्चिमी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/१० देखि २०७६/११/१२) जारी समय : बिहान ६:०० बजे

देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।