आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०५ देखि २०७६/१०/०७) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०५, साँझ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहेको छ। मौसम सामान्यतया सफा रहेको छ । मध्य र पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ५ गते (आइतबार) 

रातीः देशको पश्चिमी भू-भागमा आंशिक बदली रही मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्यका पहाडी भू-भागका एक-दुई स्थानहरूमा र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

 

माघ ६ गते (सोमबार) 

दिउँसो : पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहेनछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

 

रातीः  देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।


माघ ७ गते (मंगलबार) 

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

 

रातीः  देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ।

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।