आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०१ देखि २०७६/१०/०३) जारी समय : बिहान ६:०० बजे

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०१बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।आज राती देखि नेपालको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेनेछ।

मौसमको अवस्था )Present Weather Status):

देशको तराई भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका केहि स्थानमा सामान्य हुस्सु/कुहिरो लागिरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ १ गते (बुधबार) 

दिउँसो देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः  पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ ।

 

माघ २ गते (बिहिबार) 

दिउँसो देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य  उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार) 

दिउँसो देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

रातीः  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

मध्य तथा पश्चिमी  भू-भागमा हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी/हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोछ।तराई भू-भागहरुमा बिहानी समयमा बाक्लो हुस्सु/कुहिरो लागेकोले ति स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो रहने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै हवाइ तथा सडक यातायातमा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

 

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।