आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०९/२९ देखि २०७६/१०/०२) जारी समय : सांझ ६:०० बजे

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०९-२९सांझ ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

पश्चिमी भू-भागमा आंसिक देखि  सामान्य बदली भई मध्य तथा पुर्वी भू्-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष २९ गते (मंगलबार) 

रातीः  देशका पश्चिमी भू-भागमा आंसिक देखि  सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार) 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः  पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ ।

माघ २ गते (बिहिबार) 

दिउँसो देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य  उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो रहने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै हवाइ तथा सडक यातायातमा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।