आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०९/२९ देखि २०७६/१०/०२) जारी समय : विहान ६:०० बजे

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०९-२९, विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

पश्चिमी क्षेत्रमा सामान्य बदली संगै सुदुर पश्चिमका उच्च पहाडी भू-भाग का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष २९ गते (मंगलबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली  रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  देखि मध्यम  हिमपात हुने सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः  पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।

माघ २ गते (बिहिबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा आंशिक बदली रहनेछ।पश्चिमी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा संगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो नै रहने देखिन्छ।साथै सुदुर पश्चिमका उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

देशको पूर्वी भू-भाग लगायत पश्चिमी तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : बिहान ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : साँझ ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : बिहान ०६:०० बजे

देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।