बिशेष मौसमी बुलेटिन (२०७६/०९/१४)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

बिशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७६-०९-१४दिउँसो ०३:०० बजे)

हाल जम्मु-कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार रातीसम्ममा प्रवेश गर्ने देखिन्छ। यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना छ। यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण बुधबार र बिहिबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ।

यो प्रणालीले शुक्रबार समेत बर्षा/हिमपात गराउने सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।