आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२३ देखि २०७६/०७/२५) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२३,बिहान ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

चक्रवात(Very Severe Cyclonic Storm) “बुल-बुल” बंगालको खाडीको उत्तर-पश्चिम र नजिक का भूभागमा  रहेको छ । यो प्रणालि हाल उत्तर दिशातर्फ बढ्ने देखिन्छ| पश्चिमी वायुको कारण बनेको न्यून चापीय क्षेत्र जम्मु कश्मिर नजिक रहेको छ | यसको कारण देशको भू-भागहरुमा आंसिक देखि सामान्य बदलि रहने सम्भावना छ |

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पूर्वी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भाग सामान्यतया सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भू-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

राती: देशको पूर्वी भू-भागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २४ गते (आइतबार)

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पूर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

कार्तिक २५ गते (सोमबार)

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पूर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च पहाडी र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : साँझ ६:०० बजे

हाल देशको पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : बिहान ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०२ देखि २०७६/०८/०४ ) जारी समय : सांझ ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०१ देखि २०७६/०८/०३) जारी समय : बेलुका ६:०० बजे

मंसिर १ गते (आइतबार),राती: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।