आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२२ देखि २०७६/०७/२४) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२२,साँझ ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । भारतको गुजरातको तटिय क्षेत्र नजिकै अरब सागरमा “महा” नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापिय प्रणालि (Well Marked Low) को रुपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा रहेको छ । अर्को चक्रवात “बुल-बुल” बंगालको खाडीको पश्चिमि-मध्य (west central) भागमा विकसित हुदै गरेको देखिन्छ । यो प्रणालि हाल उत्तर दिशातर्फ बढ्ने देखिन्छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २२ गते (शुक्रबार)

राती: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

राती: देशको पुर्वी भू-भागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २४ गते (आइतबार)

दिउँसो: देशको पुर्वी भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ । 

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।