आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२१ देखि २०७६/०७/२३) जारी समय : साँझ ६:०० बजे

तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२१साँझ ६:०० बजे)


मौसम विश्लेषण
Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । भारतको गुजरातको तटिय क्षेत्र नजिकै अरब सागरमा “महा” नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापिय (Depression) प्रणालिको रुपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा रहेको छ । अर्को चक्रवात “बुल-बुल” बंगालको खाडीको पूर्वि-मध्य भागमा बिकशित हुदै गरेको देखिन्छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २१ गते (बिहिबार)

राती: देशको पश्चिमि भु-भागमा आंशिक देखि सामान्य  बदलि रहने तथा मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पुर्वी भु-भागमा आंशिक बदलि रहने छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पश्चिमि पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ ।उच्च पहाडी र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पुर्वी भु-भागमा सामान्य बदलि रहने तथा मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ ।

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी भू-भागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च पहाडी र हिमालि भु-भागमा हल्का हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१

हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।