आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२१ देखि २०७६/०७/२३) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२१, बिहान ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको साथै “Maha” नामको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पुर्वको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य  बदलि   रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका  एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य  बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि एक दुइ स्थानमा हल्का बर्षा साथै उच्च पहाडी र हिमालि  भूभागमा हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला। 

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।