आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/६/२२ देखि २०७६/०६/२४ ) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२, बिहान ६:०० बजे)


मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशको पुर्वी भुभाग लगायन मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २४ गते (शुक्रबार) 

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राती:  देशको पहाडी भुभागमा आंसिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

 

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०२ देखि २०७६/०७/०४) जारी समय :बेलुका ६:०० बजे

कार्तिक ०२ गते (शनिबार),राती: : देशैभरि सामान्य बदलि रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०२ देखि २०७६/०७/०४) जारी समय :बेलुका ६:०० बजे

कार्तिक ०२ गते (शनिबार),राती: : देशैभरि सामान्य बदलि रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।