आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०४ देखि २०७६/०६/०६ ) जारी समय : बेलुका ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-०४ बेलुका ६:०० बजे)


मौसम विश्लेषण (Meteorological Analysis):

 

हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।


देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका  पूर्वी तराईमा सामान्य देखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू्-भागमा आंशिक देखि सामान्य बदलि रही पूर्वका १/२ स्थानहरुमा मेग गर्जन सहित वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):


असोज ०४ गते (शनिबार)

राती:  देशका मध्य र पूर्वी भू-भागमा सामान्य  देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०५ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ।  थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाका साथै पूर्व भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |


 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।