आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-३साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको  | साथै भारतको उत्तर-पूर्वी राजस्थान तथा हरियानातिर निम्न चापिय प्रणाली (Well Marked Low) अवस्थित छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही मध्य र पुर्वका केहि स्थानमा र पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ३२ गते (शनिबार)

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको  पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते (आइतबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: साँझ ०६:०० बजे

राती: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।