आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-३१साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ | साथै भारतको उत्तर-पूर्वी राजस्थान तथा उत्तर-पश्चिमी मध्य प्रदेशतिर निम्न चापिय प्रणाली (Well Marked Low) अवस्थित छ |  

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ | साथै पूर्व र मध्यका तराई र चुरेका केही स्थानहरूमा र पश्चिमि पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ३१ गते (शुक्रबार)

राती देशभरी सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी  तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा भारी र्षाको सम्भावना छ।

श्रावण ३२ गते (शनिबार)

दिउँसोदेशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीदेशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते (आइतबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पूर्वी  तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको हावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नद आसपासमा रहनेहरु सतर्क रहनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।