मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-०४साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको  दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षा को सम्भावना छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशैभरी आंसिक देखि सामान्य वदली रही पुर्व तथा पश्चिमका केहि स्थानहरुमा वर्षा भइरहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ४ गते (शनिबार)  

राती: देशभर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी तथा पश्चिमी भु-भागका एक दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्वका थोरै स्थान साथै मध्य र पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ  देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका एक दुई स्थानहरुमा  भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ  पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१

हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बिहान ६:०० बजे

हाल देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रहेको छ।