मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०३-३१, साँझ: ६ बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough)  भारतको उत्तर प्रदेश , बिहार  आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ । 

 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका पश्चिमि भू-भाग, मध्य भू-भागहरु साथै पूर्वी पहाडि भेगहरुमा सामान्य बदलि छ भने पूर्वी तराईको भू-भागहरुमा आंशिक बदलि छ। पश्चिमि र पृ्वी पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

 

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 

असार ३१ गते (मंगलबार)

रातिदेशभर सामान्य वदलि रही पश्चिमि भेगका केहि स्थानहरूमा साथै मध्य र पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 

श्रावन १ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राति: देशभर सामान्य वदलि रही देशका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ 

 

श्रावन २ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। पश्चिमि र पूर्वी भेगका एक दूइ स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। 

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको पश्चिमि भेगका एक दूइ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ र पहाडि भेगहरुमा सामान्य वर्षा हुने देखिन्छ। यसको कारणले गर्दा देशको पश्चिमि पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पश्चिमि तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का ढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथैहवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण  विशेषत मध्य र पूर्वी पहाडि भेग र  पश्चिमि भेगहरुमा सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१

हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।