आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

जारी मिति : बैशाख ११  गते (बुधबार): बिहान  ६:०० बजे
 
बैशाख १२ गते (बिहिबार):
देशका अधिकांस भूभागमा  आंसिक बदलि भएता पनि अपरान्ह पछि  पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी  तथा मध्य भूभागको थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति:देशको पहाडी भूभागमा  आंशिक बदली रहि तराईका भू-भागहरुमा सामान्यतया सफा रहनेछ  । देशको  पहाडी भू-भागका एक दुइ   स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १३  गते (शुक्रबार):
दिउँसोः देशका पूर्वी तथा  मध्य भूभाग  र पश्चिमका पहाडी भु-भागमा  आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १४  गते (शनिबार):
दिउँसोः देशको पूर्वी  तथा मध्य भूभाग  र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी  तथा मध्य भूभागको थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति:देशको पूर्वी भूभाग  तथा  मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  र पश्चिमी तथा मध्य  पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, साँझ ६ बजे)

देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य भू-भागका एक वा दुइ स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, विहान: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) भारतको उत्तर प्रदेश , बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।